मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ फाल्गुण ११ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण ११ मंगलबार १४:१८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कार्की बने एसियन पेन्ट्सको आर्किटेक्चर विजेता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण ११ मंगलबार १४:१८:oo

नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९–२०२० प्रथम पुरस्कार आइओई, पूर्वाञ्चल क्याम्पसका शुभम कार्कीले जितेका छन् । बिआर्कको अन्तिम समूहका विद्यार्थी सहभागी भएको प्रतियोगितामा कार्की प्रथम भएका हुन् । 

उनले एसियन पेन्ट्सको तर्फबाट ७० हजार रुपैयाँ र ललितपुर महानगरपालिकाको तर्फबाट २५ हजार रुपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरेको एसियन पेन्ट्सले जनाएको छ । यस्तै, आइओई थापाथलीकी सुनिता गुरुङ दोस्रो भएकी छिन् । उनले एसियन पेन्ट्सको तर्फबाट ४० हजार रुपैयाँ र ललितपुर महानगरपालिकाको तर्फबाट २० हजार रुपैयाँ तथा तृतीय भएकी थापाथली क्याम्पसकै प्रवासा बज्राचार्यले एसियन पेन्ट्सको तर्फबाट ३० हजार रुपैयाँ र ललितपुर महानगरपालिकाको तर्फबाट १५ हजार रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । 

सान्त्वना पुरस्कार विजेताहरू थापाथली क्याम्पसका दीपगेस्ट कटुवाल र पुल्चोक क्याम्पसका विवेक हिमालय दुवैले एसियन पेन्ट्सको तर्फबाट १० हजार रुपैयाँ र ललितपुर महानगरपालिकाको तर्फबाट १० हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेको जनाइएको छ । ललितपुर महानगरपालिकाले अन्य १० जना सहभागीलाई पनि पाँच हजार रुपैयाँका दरले नगद प्रदान गर्ने घोषणा गरेको एसियन पेन्ट्सले जनाएको छ । 

भविष्यका नायकहरूको सम्मान गर्न एसियन पेन्ट्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ । प्रतियोगितामा ललितपुर महानगरपालिकाको नगर कार्यालय भवनको ब्लक बीको डिजाइन गर्नुपर्ने प्रोजेक्ट थियो । विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पुरस्कार वितरण गरेको कम्पनीले जनाएको छ । 

विजेताको चयन आर्किटेक्चरहरू इन्द्रबहादुर श्रेष्ठ, पुनम शाह, मीरा ज्ञवाली भट्टराई, सुरज खनाल,  प्राध्यापक श्रीनिवासवीरसिंह कंसाकार र इन्जिनियर श्रीकुमार महर्जनको निर्णायक मण्डलले गरेको कम्पनीले जनाएको छ । प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, काठमाडाैं इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पस तथा इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पसका विद्यार्थीको सहभागिता रहेको जनाइएको छ ।