१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ बिमा योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१२:oo

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बिमा योजना बजारमा ल्याएको छ । कम्पनीले दीर्घ जीवन, समृद्ध भविष्य भन्ने नाराका साथ यो योजना ल्याएको हो । 

बिमा योजनाको शुभारम्भ शताब्दीपुरुष सत्यमोहन जोशीले गरेको जनाइएको छ । यस योजनामा बिमितको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने जनाइएको छ । योजनाले बिमांकको २ सय ५० प्रतिशतसम्म बिमा कभर प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, बिमितले बिमा शुल्क भुक्तानी अवधिपश्चात् एकमुष्ट आर्जित बोनस प्राप्त गर्नुका साथै सोपश्चात् निजको उमेर ८३ वर्ष नपुग्दासम्म बिमांकको ६ प्रतिशतका दरले वार्षिक पेन्सनसमेत प्राप्त हुने जनाइएको छ ।

अन्ततः बिमितको उमेर ८३ पूरा भई ८४ मा प्रवेश गर्दा बिमितलाई बिमांकको १ सय ५० प्रतिशत रकम बिमाबापतको अन्तिम भुक्तानी प्राप्त हुने कम्पनीले जनाएको छ । उक्त रकमबाट बिमितले चौरासी पूजा उत्सवका रूपमा धूमधामका साथ मनाउन सक्ने कम्पनीको दाबी छ । 

‘सूर्या चौरासी पूजा’ बिमा योजना १६ वर्षदेखि ६० वर्षसम्म उमेरका व्यक्तिहरूले १० देखि ५० वर्षसम्म बिमाशुल्क भुक्तानी अवधिका लागि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । न्यूनतम १ लाख रुपैयाँ बिमांक तोकिएकोे बिमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको जनाइएको छ । बिमा प्रारम्भको २ वर्षपछि बिमा अवधिभर बिमा समर्पण र बिमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

कार्यक्रममा प्रमुख अतिथि जोशीले आगामी दिनमा यस योजनाले वृद्धवृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताएको जनाइएको छ । जोशीले चौरासी पूजा के हो ? कस्तो हो ? भन्ने विषयमा समेत प्रकाश पारेको जनाइएको छ । 

कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कमलकुमार खतिवडाले ‘सूर्या चौरासी पूजा’ बिमा योजनाका बारेमा प्रकाश पारेका थिए । आगामी दिनमा यो योजनामा आफूहरू सधैँ प्रयत्नशील रहने उनको भनाइ थियो । 
कम्पनीका संस्थापक सेयरधनी विवेक झाले यो बिमा योजना करिब ५ वर्षदेखि सञ्चालनमा रहेको र २ वर्षपछि मात्रै यसमा केही परिवर्तन आएको बताएका थिए ।

योजनाले भविष्यमा ठूलो फड्को मार्ने उनको भनाइ थियो । बिमा बजारमा अरूको पछाडि नलागेर आफैँ दिन र लिन सक्नुपर्ने वातावरण नभएको बताउँदै उनले यस्तो वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘निडअनुसार बिमा बजारमा ल्याउन जरुरी छ, जुन प्रोडक्ट आफँैलाई किनौँ–किनौँ लाग्छ, त्यो बिमा नै बिक्छ ।’

ad
ad