मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार २१:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्र रक्षाका लागि सेना सक्षम छ : प्रधानसेनापति थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार २१:३६:००

प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको सुरक्षा वातावरण अस्थिर, अनिश्चित, अस्पष्ट र तरल रहेको बताएका छन् । जंगी अड्डामा आयोजित संस्थागत परिवर्तन सुदृढीकरण र दिगोपनसम्बन्धी चारदिने सेमिनारको अन्तिम दिन प्रधानसेनापति थापाले दक्षिण एसियाको सबैभन्दा पुरानो इतिहास बोकेको नेपाली सेना राष्ट्र रक्षाका लागि सक्षम र समर्पित रहेको पनि बताए । 

‘आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तनबाहेक अरू सबै अस्थायी हो,’ प्रधानसेनापति थापाले भने, ‘परिवर्तनको प्रकृति अपरिवर्तनीय छ र हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढीकरण तथा दिगोपनाको विषयमा सबैमा समान समझदारीको विकास र प्रवद्र्धन आवश्यक छ ।’ 

 प्रधानसेनापति थापाले परिवर्तन संस्कृतिको निर्माण गर्ने सम्पूर्ण जिम्मेवारी नेतृत्वको मात्रै नभएको बताए । ‘परिवर्तनको अंकुरण गराउने तथा परिवर्तनलाई सुदृढ बनाउँदै संगठनको भविष्य कोर्ने जिम्मेवारी वर्तमान नेतृत्व वर्गको नै हो,’ प्रधानसेनापतिले भने, ‘परिवर्तन प्रबन्धन गर्ने रणनीति सफलताका लागि नेतृत्व वर्ग आफैँमा स्पष्ट, शुद्ध, इमान्दार, नैतिक र पारदर्शी हुनुपर्छ ।’ परिवर्तनको सुरुवात गर्न अहिलेको समय सबैभन्दा उपयुक्त भएको पनि उनको भनाइ थियो । 

कार्यक्रममा सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामूहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेसेवर संगठनको रूपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागिपर्ने बताए । सेमिनारमा रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायहरूका उच्च तहका अधिकृतहरू, नेपाली सेनाका अधिकृत सहभागी थिए । सेमिनारमा ६ जना गैरसैनिक तथा ११ जना सैनिक विषयविज्ञले विभिन्न विषयमा प्रस्तुति दिएका थिए ।