१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘भ्यालेन्टाइन डे’मा गहना खरिद गर्दा पनि किस्तामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:४३:oo

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्डबाहक ग्राहकलाई ‘भ्यालेन्टाइन डे’को अवसरमा गरगहना खरिदका लागि इएमआई सुविधा ल्याएको छ । बैंकले इएमआई सुविधामा ग्राहकलाई ४० हजारदेखि ५ लाख रुपैयाँसम्मको गहना खरिद गर्न सक्ने योजना ल्याएको हो । 

भ्यालेन्टाइन दिवसको अवसर पारेर बैंकले श्री बालाजी डाइमन्ड, विशाल बजार र बालाजी डाइमन्ड एन्ड ज्वेलर्स, लबिम मलसँगको सहकार्यमा इएमआई योजना ल्याएको जनाएको छ । यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनोट गर्न सक्ने बैंकले जनाएको छ ।

१२ महिनाको भुक्तानी अवधिमा ग्राहकलाई २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ । बैंकले हाल ९० शाखा, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad