१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार १५:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. शेखर भन्छन्– यो सरकार जति दिन रहन्छ, देश त्यति नै अनिश्चितताको भुमरीमा फस्ने पक्का छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार १५:२८:००

कांग्रेस नेता डा. शेखर कोइरालाले नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउको भत्र्सना गर्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

डा. कोइरालाले बिहीबार ट्विट गर्दै अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘यो सरकार जति दिन रहन्छ, देश त्यति नै अनिश्चितताको भुमरीमा फस्ने पक्का छ । झाँक्री पक्राउको भत्र्सना गर्दै तत्काल रिहाइको माग गर्दछु ।’