मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १८ आइतबार १८:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लैजान लागिएको १० लाख रुपैयाँ बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १८ आइतबार १८:३७:००

त्रिभुवत अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तवरले दुबई लैजान लागिएको १० लाख रुपैयाँसहित कलंकीका आशिष खाती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलस्थित सुरक्षागार्डबाट खटिएका प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानबाट उक्त रकम कालो रंगको ह्यान्डब्याग (सुटकेस)मा लुकाई लैजान लागेका थिए । एक्स रे मेसिनको चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।