१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १८ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ १८ आइतबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वजनमुक्ति सेना नेपाल प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १८ आइतबार १७:o६:oo

पूर्वजनमुक्ति सेना नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष थालेको छ । आइतबार माइतीघर मण्डलामा धर्ना दिएका पूर्वजनमुक्ति सेनाले २२ माघमा नेकपाको युवा ¥यालीमा सहभागी हुने र २३ देखि २७ माघसम्म आन्तरिक भेला, प्रतिक्षण र संगठन विस्तार गर्ने कार्यक्रम गर्ने निर्णय गरेका छन् । 

प्रतिगामी कदमको विरुद्धमा शान्तिपूर्ण रूपमा सशक्त संघर्ष गर्न एक सय तीन सदस्यीय केन्द्रीय समिति गठन गरिएको अध्यक्ष सुवास गौतमले जानकारी दिए । केन्द्रीय समितिको आइतबारको बैठकले केन्द्रीय उपाध्यक्षमा दीपक ढुंगाना र प्रदीप बोहरालाई चयन गरेको छ । 

गणतन्त्र ल्याउन रगत, पसिना बगाएको जनमुक्ति सेना उपलब्धि मासिन लागेको वेला चुप बस्न नसक्ने उनले बताए । असंवैधानिक कदम खारेज हुनुपर्ने, भ्रष्टाचार र अनियमितता अन्त्य हुनुपर्ने, घाइतेहरूको उपचारको ग्यारेन्टी गर्नुपर्ने, जनमुक्ति सेनालाई गणतान्त्रिक योद्धा घोषणा गर्नुपर्ने, घाइते र सहिद परिवारका लागि एक घर–एक रोजगार दिनुपर्ने, बहिगर्मित जनमुक्ति सेनालाई दिने भनेको रकम छिटो दिनुपर्नेलगायतका माग उनीहरूको छ ।