१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ११ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ ११ आइतबार १९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्ची खानेपानी आयोजनाको निरीक्षणमा मन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ ११ आइतबार १९:३३:oo

खानेपानीमन्त्री मणि थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा थापा सुन्दरीजलदेखि नाै किलोमिटरभित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुगेका थिए । 

त्यसक्रममा थापाले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौं ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिएका थिए ।

थापाले मेलम्चीको पानीखाने राजधानीवासीको धोको पूरा गर्नु आफ्नो लक्ष्य रहेको बाँकी कामहरू चाँडै सक्न निर्देशन दिएका थिए ।

थापालाई ब्रिफिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको अधिकांश काम सम्पन्न भइसकेको बताए ।

उनले निकासका लागि राखिएका सुरुङको ढोका मर्मतलगायत महत्वपूर्ण सबै काम सकिएको बताए । ‘करिब सबै काम सकिएको छ, सुरुङ परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएर विज्ञ समूहबाट सुरुङको निरीक्षण पनि गराएका छौँ,’ कार्यकारी निर्देशक खत्रीले भने, ‘सुरुङको दिगोपनाका लागि केही सुधारका कामहरू सुरु गरेका छौँ, २४ सै घन्टा गरेर बढीमा चार हप्तामा त्यो काम पनि सम्पन्न गर्छौँ ।’
खत्रीले बढीमा चार हप्तामा सुरुङमा पानी पठाएर परीक्षणको काम सुरु गर्न सकिने बताएका छन् ।

यस्तै, सुरुङको निरीक्षणलगत्तै मन्त्री थापाले मेलम्चीको पानी खसाल्ने प्रशोधन केन्द्र र संकलन केन्द्रको पनि निरीक्षण गरेका थिए ।

सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको दुईवटा प्रशोधन केन्द्र रहेका छन् । प्रशोधन केन्द्र दुवैको क्षमता प्रतिदिन ८.५ करोड लिटर रहेको छ ।