मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी न्यूयोर्क
२०७७ माघ ११ आइतबार १४:४३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोना भाइरस संक्रमण ठीक भएका व्यक्तिलाई नयाँ भाइरसले समेत असर नगर्ने : अध्ययन

Read Time : < 1 मिनेट
एजेन्सी न्यूयोर्क
२०७७ माघ ११ आइतबार १४:४३:००

कोभिड– १९ संक्रमण निको भइसकेका व्यक्तिलाई कोरोना भाइरसको नयाँ संस्करणले समेत असर नगर्ने एक अध्ययन रिपोर्टले जनाएको छ । यस्ता व्यक्तिमा विकास भएको इम्युन सिस्टमले ६ महिनासम्म कोरोना भाइरसबाट सुरक्षित राख्ने अध्ययनका क्रममा फेला परेको छ । 

अमेरिकाको रकफेलर इन्स्टिच्युड अफ मेडिकल रिसर्च, न्युयोर्क स्टेट विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार यो अध्ययनले संकलन गरेको तथ्यहरू हालसम्मकै सबैभन्दा मजबुद छन् । उनीहरूले अध्ययनका क्रममा संक्रमणमुक्त भएका व्यक्तिमा लामो समयसम्म कोरोना भाइरस र यस्तै प्रकृतिका भाइरस रोक्ने क्षमता विकास भएको पाएको जनाएका छन् । साथै त्यस्ता एन्टिबडीले लामो समयसम्म सुरक्षित राख्ने गरेको फेला पारेका थिए । उनीहरूको विश्वास छ कि यदि कोरोना भाइरस संक्रमणमुक्त भइसकेको व्यक्ति संक्रमितको नजिक पुगेमा एन्टिबडी निकै सक्रिय बन्छ । अध्ययनमा संलग्न विश्वविद्यालयका माइकल सी नुसेन्जविकले भने, ‘यो वास्तममै उत्साहित बनाउने समाचार हो । जुन प्रकारको प्रतिरोधी प्रतिक्रिया हामीले फेला पारेका छौँ यसले पक्कै पनि केही समयका लागि निकै राम्रो काम गर्छ ।’

कोरोना भाइरसविरुद्धका एन्टिबडीहरू रगतको प्लाज्मामा कैयौँ साता तथा महिनौँसम्म पनि रहन्छ । तर, बिस्तारै पछिपछि यसको प्रभाव भने घट्दै गएको अध्ययले जनाएको छ ।