१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकको दोलखामा एक्सटेन्सन काउन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२६:oo

नेपाल बैंक लिमिटेडले दोलखाको चरिकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले चरिकोटमा ३९औँ एक्सटेन्सन काउन्टर खोलेर सेवा दिन सुरु गरेको हो । 

एक्सटेन्सन काउन्टरको उद्घाटन दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद सिवाकोटीले गरेको बैंकले जनाएको छ । एक्सटेन्सन काउन्टरबाट राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालयलगायतमा आउने सेवाग्राहीले अझ छिटो–छरितो सेवा पाउने सिवाकोटीले उद्घाटनपछि बताएका थिए ।

बैंकले दिँदै आएको सेवा–सुविधामा अझै समसामयिक सुधार गर्न प्रजिअ सिवाकोटीले सुझाब दिएको बैंकले जनाएको छ । बैंकले देशभरमा २ सय ४ शाखा, ३९ एक्सटेन्सन काउन्टर, १ सय ४२ एटिएम तथा अन्य विभिन्न माध्यमबाट सेवा दिइरहेको जनाएको छ । 

ad
ad