केही समययता कोरोना संक्रमितको संख्या घटेको छ । तर, संक्रमित घटे पनि जोखिम भने कायमै रहेको विज्ञको ठहर छ । ललितपुरको कुपण्डोलस्थित विध ल्याबको ‘एक्सटेन्सन रुम’मा पुग्दा ल्याब टेक्नोलोजिस्टहरू स्वाबबाट कोरोना भाइरस छुट्याउँदै थिए ।
टेक्नोलोजिस्ट श्रीया बताउँछिन्, ‘सुरुका दिनहरूमा स्वाबका सेम्पलहरू धेरै हुँदा एकदमै आत्तिएकी थिएँ । कतै आफूलाई पनि सर्ने हो कि भन्ने डर थियो । ल्याबभित्र छिरेपछि कहिलेकाहीँ ११ घन्टा सम्म बस्नुपर्थ्याे । तर, अहिले सामान्य लाग्छ । छुट्टै उत्साह हुन्छ । कोरोना संक्रमितको संख्या घटे पनि सजक रहनु भने अवश्य पर्नेछ ।’
नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाको क्यामेरामा कैद विध ल्याबको ‘एक्सटेन्सन रुम’ का केही तस्बिर :