मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ ५ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ ५ सोमबार o६:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वृज सिमेन्टद्वारा नेपाल स्टारका खड्कालाई सहयोग प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ ५ सोमबार o६:४o:oo

रियालिटी सो कार्यक्रम वाइवाई नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन सहयोग गरेको छ । खड्का नेपाल स्टारमा इटहरी अडिसन  राउन्डबाट प्रवेश गरेका थिए । 

उनको आफ्नो गायनको शृंखलाको निरन्तरता नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटका आधारमा बाहिरिएका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेसनको सहकार्यमा वृज सिमेन्टले खड्काको घर बनाउन आवश्यक पर्ने सिमेन्ट सहयोग गरेको कम्पनीले जनाएको छ ।  

अडिसन राउन्डदेखि मिहिनेत र परिश्रमले उत्कृष्ट ६ सम्मको यात्रा तय गरेकोमा वृज सिमेन्टले बधाई दिएको जनाएको छ । सहयोग घोषणा कार्यक्रम नेपाल स्टारको सुटिङस्थलमा नै उपस्थित भएर वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक मोहित केडियाले नेपाल स्टारमा देशभरबाट अडिसन राउन्डदेखि छानिएर अन्तिम प्रतिस्पर्धा गरिरहेका उम्मेदवारलाई उज्ज्वल भविष्यको सुखद यात्रा प्रारम्भ भएकोमा शुभकामना दिएको कम्पनीले जनाएको छ ।