मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रासस काठमाडौं
२०७७ माघ ४ आइतबार १५:१४:००
Read Time : < 1 मिनेट
समाचार

मौसम सफा हुन अझै केही दिन लाग्ने

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ माघ ४ आइतबार १५:१४:००

मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । अझै दुई–तीन दिन पूर्ण रूपमा मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् नीराजन सापकोटाले बताएका छन्। 

उनका अनुसार तत्काल वर्षा हुने सम्भावना पनि छैन । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको उनको भनाइ छ । वर्षा हुनका लागि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा प्रवेश हुनुपर्छ । अहिले त्यो छैन । गत वर्ष डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यस वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन । यसअघि मंसिर, पुस र माघ महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्थ्याे । यस वर्ष माघ सुरु भइसक्दा पनि हिउँदे वर्षा भएको छैन । 

हाल देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री र अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस २.६ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।