मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ ३ शनिबार ०९:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लडेर  प्रहरी हवल्दारको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ माघ ३ शनिबार ०९:४५:००

हुम्लाको चंखेली गाउँपालिका मेल्छाम प्रहरीचौकीमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ । पुस २८ गते सुरक्षा गस्ती गएका वेला माथिबाट खसेको ढुंगा छल्न खोज्दा प्रहरी हवल्दार देवेन्द्र खड्काको  मृत्यु भएको हो ।

ढुंगा लागेर घाइते भएका खड्कालाई उपचारका लागि चंखेलीको पिप्लाङबाट मुगु हुँदै हेलिकोप्टरबाट काठमाडौं पुर्‍याइएको थियो । काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारका क्रममा उनकाे शुक्रबार मृत्यु भएको
हो ।

 बर्दिया जिल्ला घर भएका खड्काको शुक्रबार  नै हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिएको छ ।