१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २६ आइतबार
  • Friday, 05 July, 2024
२o७७ पौष २६ आइतबार १५:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ट्याक्टरले किचेर बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २६ आइतबार १५:३२:oo

धनकुटा बजारमा आज बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ । 

धनकुटा नगरपालिका– ७ श्रीवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्बरको ट्याक्टरले किच्दा धनकुटा नगरपालिका– ८ पेलेकपाङकी १५ वर्षीया बालिका रेबिका आठपहरिया राईको घटनास्थलमै मृत्यु भएको हो । 

धनकुटा नगरपालिका– ७ चुलिवनस्थित त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा– ९ मा अध्यायनरत रेबिकालाई विद्यालय जाँदै गर्दा बिहान करिब ९ः३० बजे ट्याक्टले किचेको थियो । 

स्थानीय देवी श्रेष्ठको निर्माणाधीन घरका लागि बालुवा ल्याएर घोप्ट्याउने क्रममा ट्याक्टरको हाइड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सइ सुरेन्द्र खड्काले बताए । 

घटनापछि ट्याक्टर र चालक सहिदभूमि गाउँपालिका– ४ का २९ वर्षीय छत्रबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बालिकाकाे शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

ad
ad
ad
ad