१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २१ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७७ पौष २१ मंगलबार २२:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध चितवनका विद्यार्थीले कलेजमा टाँगे कालो ब्यानर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २१ मंगलबार २२:१६:oo

प्रतिनिधिसभा विघटनको विरोधमा चितवनका कलेजहरूमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका अनेरास्ववियुका विद्यार्थीले कालो ब्यानर टाँगेका छन् । अनेरास्ववियु केन्द्रको विरोधको कार्यक्रमअनुसार चितवनका कलेजमा पनि कालो ब्यानर टाँगेको विद्यार्थीले बताएका छन् । 

उनीहरूले ब्यानरमा ‘प्रधानमन्त्री केपी ओली एवं राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनको असंवैधानिक कदम खारेज गर, प्रतिगामी शक्तिहरू होसियार’ लेखेको कालो ब्यानर टाँगेका हुन् । 

सप्तगण्डकी बहुमुखी कलेजका साबिक अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्षसमेत रहेका समीर सुवेदीले अनेरास्ववियुको केन्द्रीय कमिटीको सर्कुलरअनुरूप कलेजमा कालो ब्यानर टाँगेर विरोध कार्यक्रम गरिएको बताए ।

प्रधानमन्त्री ओलीले गत ५ पुसमा असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटन गर्दै प्रतिगमनकारी र अलोकतान्त्रिक कदम चालेको भन्दै अनेरास्ववियुले मंगलबार दोस्रो चरणको आन्दोलन थालेको छ । 
 

ad
ad
ad
ad