१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २१ मंगलबार
  • Tuesday, 03 September, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७७ पौष २१ मंगलबार १८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा प्रदेश २ संसदीय दलको नेतामा महतो चयन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७७ पौष २१ मंगलबार १८:२६:oo

नेकपा प्रदेश २ को संसदीय दलको नेतामा प्रदेश सांसद सत्रुधन महतो चयन भएका छन् । नेकपाका बहुमत सांसदको बैठकले सत्यनारायण मण्डललाई हटाएर महतोलाई चयन गरेको हो । मण्डल केपी ओली समूहका हुन् भने महतो प्रचण्ड–माधव नेपाल समूहका हुन् ।

संसदीय दलको बैठकमा मण्डलविरुद्ध दर्ता भएको प्रस्ताव पारित भएपछि महतोलाई निर्विरोध नेतामा चयन गरिएको निर्वाचन संयोजक तथा प्रदेश सांसद जगत यादवले जानकारी दिए । मंगलबार दिउँसो २ बजेसम्म मनोनयन गर्दा र पौने ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको थियो । सो अवधिमा महतोको मात्रै उम्मेदवारी परेको थियो । 

महतोलाई दलको नेता चयन गर्न बहुमत सदस्य अर्थात् १९ जना सांसदको हस्ताक्षरसमेत संकलन गरिएको उपनेता रामकुमार यादवले बताए । प्रदेशमा नेकपाका ३२ सांसद छन् । प्रधानमन्त्री ओली पक्षधर मण्डललगायतका सांसद दलको बैठकदेखि निर्वाचन प्रक्रियासम्म सहभागी भएका छैनन् । 

महतोले नेकपाले संसदीय दलको नेतामा आफू निर्विरोध चयन भएको पत्रसमेत प्रदेश सभा सचिवालयमा बुझाइसकेको बताए ।

ओली समूहका सांसद रामचन्द्र मण्डलले पार्टी विभाजनको क्रममा रहेकाले एक पक्षले आफ्नो दलको नेता चयन गरेकोमा कुनै आपत्ति नहुने, तर औपचारिक रूपमा पार्टी विभाजन नै नभएको अवस्थामा हतारमा नेता छनाेट गर्नु उचित नभएको बताए ।