मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १६ शनिबार २o:४६:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज

१६ फ्रन्ट पेज : राजावादीको हिंसात्मक आन्दोलनदेखि बिचौलियाले कुलमानलाई हटाएसम्मका विशेष कभरेज

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार २o:४६:oo

 

(१६ चैत शनिबार, ०८१)

हिंसात्मक बन्यो राजावादी आन्दोलन

दुई युवाले अनाहकमा गुमाए ज्यान, ठाउँठाउँमा आगजनी र लुटपाट

(१५ चैत शुक्रबार, ०८१)

गणतन्त्रवादी र राजावादी आमने–सामने

व्यवस्थाको रक्षा र सरकारको कुशासनविरुद्ध समाजवादी मोर्चाको आज जनसभा, हौसिएका राजावादी पनि ‘राजसंस्था फर्काउँछौँ’ भन्दै संयुक्त जनआन्दोलन समिति नै बनाएर सडकमा

(१४ चैत बिहीबार, ०८१)

बिचौलियाको रजगज बढेको बढ्यै, जनता हेरेको हेर्‍यै

प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय

(१३ चैत बुधबार, ०८१)

कुलमान हटाउने निर्णयविरुद्ध जनता सडकमा 

लोडसेडिङ अन्त्य र प्राधिकरणलाई नाफामा पुर्‍याउने कुलमानलाई बिचौलिया र सत्तारूढ शीर्ष नेताको मिलेमतोमा हटाइएपछि विरोधमा नागरिक

(१२ चैत मंगलबार, ०८१)

बिचौलियाले जिते, कुलमान हटाइए

बिजुलीको अर्बौँ बक्यौता उठाएर सरकारी ढुकुटीमा ल्याउन खोजेपछि कुलमानलाई हटाउने अभियानमा थियो बिचौलिया समूह, ऊर्जामन्त्री खड्कासँगै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा पनि त्यसमै मिसिएपछि ‘उज्यालो नेपाल’का नायकलाई हटायो मन्त्रिपरिषद्ले

(११ चैत सोमबार, ०८१)

आज ओली, देउवा र प्रचण्डबिच छलफल : संक्रमणकालीन न्याय टुंग्याउने दुई आयोगमा पदाधिकारी चयन एजेन्डा

सात महिनाअगाडि कानुन बनाउँदाजस्तै आयोग पदाधिकारी चयनमा पनि सहमति जुटाउन शीर्ष नेतृत्वको पहल

(१० चैत आइतबार, ०८१)

निर्णय नगरेर हानि पुर्‍याउने कर्मचारीलाई पनि भ्रष्टाचार मुद्दा

निर्णयमा ढिलाइ वा नगरेका कारण हानि भए क्षतिपूर्ति दाबी गर्न मिल्ने 

 

(९ चैत शनिबार, ०८१)

सुदूरपश्चिम सरकारले थालेका सात कोल्डस्टोर निर्माण चार वर्षदेखि अलपत्र

५० प्रतिशतसम्म भुक्तानी लिएर निर्माण कम्पनी सम्पर्कमै नआएपछि ठेक्का तोड्ने तयारी

(८ चैत शुक्रबार, ०८१)

दुई मन्त्री जसको प्राथमिकतामा छ नागरिकको हित सम्बोधनभन्दा उद्योगीको स्वार्थपूर्ति

सरकार र पार्टी दुवैको बदनाम हुने गरी काम गरिरहँदासमेत ऊर्जामन्त्री खड्का र उद्योगमन्त्री भण्डारीलाई प्रधानमन्त्री ओली र देउवाको संरक्षण

(७ चैत बिहीबार, ०८१)

प्राधिकरणलाई विद्युत् आयात गर्न रोकेर उल्टै लोडसेडिङको अफवाह फैलाउँदै ऊर्जामन्त्री खड्का

बिचौलिया समूहको स्वार्थअनुसार यति धेरै विवादित काम गरिरहेका ऊर्जामन्त्री खड्कालाई किन छ कांग्रेस र सरकारको संरक्षण ?

(६ चैत बुधबार, ०८१)

संसदीय समितिमै नि:संकोच भने– उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्ने?

कृत्रिम मूल्यवृद्धिको सार्वजनिक वकालतमा उद्योगमन्त्री भण्डारी

(५ चैत मंगलबार, ०८१)

सरकारकै समर्थनमा सिमेन्टपछि डन्डीमा पनि कृत्रिम मूल्यवृद्धि, १५ दिनमा पाँचपटक बढाइयो डन्डीको भाउ

सरकारको मौन समर्थनमा सिमेन्टको कृत्रिम मूल्यवृद्धि गरेर चर्को नाफा कमाइरहेका उद्योगीले डन्डीको मूल्य पनि १५ दिनमै पाँचपटक बढाएका छन् । १८ फागुनअघिसम्म प्रतिकिलो ८७ रुपैयाँ उपभोक्ता मूल्य रहेको डन्डीको भाउ त्यसयता पाँचौँपटक सोमबार फेरि बढाउने निर्णय भएअनुसार अब प्रतिकिलो १०५ रुपैयाँ पुग्ने भएको हो ।

(४ चैत सोमबार, ०८१)

भ्रष्टाचारबाट जोडेको खुमबहादुरको सम्पत्ति जोगाएर ६ जनाको मात्रै जफत गर्ने निर्णय

व्यवस्थामाथिको जनआक्रोश नाकैमुनि पुग्दा पनि शासकहरूलाई खुमबहादुरको भ्रष्टाचारको सम्पत्ति जोगाउने चिन्ता

(३ चैत आइतबार, ०८१)

साढे २९ हजार कैदीबन्दीमा साढे १८ हजार बिरामी

६ हजार २८३ लाई विभिन्न दीर्घरोग, १२ हजार ३७५ जना दाँत, आँखा र छालाका बिरामी

(२ चैत शनिबार, ०८१)

स्थानीय सरकार सञ्चालनको भक्तपुर मोडेल 

प्रतिबद्धताअनुसार काम गर्ने इमानदार प्रयासले बढ्दै छ नेतृत्वप्रति नगरका मतदाताको भरोसा र विश्वास

(१ चैत शुक्रबार, ०८१)

नागढुंगा–मुग्लिन सडक दुर्घटनामा मानवीय क्षति रोक्ने कार्यक्रम : तत्काल उपचार गर्ने ९२ करोडको परियोजना चार वर्षदेखि अलपत्र

अध्ययनमै दुई करोड सकियो, उपकरण खरिदमा १० करोड लाग्ने भएपछि सरकार रोकियो