मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ पौष २१ मंगलबार १५:५१:००
Read Time : > 1 मिनेट
फिचर

साउदीले कतारमाथिको नाकाबन्दी फुकुवा गर्ने

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ पौष २१ मंगलबार १५:५१:००

साउदी अरबले पछिल्लो साढे तीन वर्षदेखि कतारमाथि लगाउँदै आएको नाकाबन्दी फुकुवा गर्ने भएको छ । साउदीले कतारसँगको आफ्नो जल र स्थल सीमाहरू खोल्ने निर्णय गरेको कुवेतले जनाएको हो ।

मंगलबारबाट साउदीमा सुरु भएको गल्फ कोअपरेसन काउन्सिलको बैठकअघि नै साउदीले कतारमाथिको नाकाबन्दी हटाउने निर्णय गरेको हो । एक अमेरिकी अधिकारीलाई बिबिसीले उद्धृत गरेअनुसार यस सम्बन्धमा चाँडै नै सम्झौता हुँदै छ । आतंककारी समूहलाई सहयोग गरेको आरोप लगाउँदै साउदीले तीन वर्षअघि कतारमाथि नाकाबन्दी गरेको थियो । उसको उक्त कदममा अरू अरब राष्ट्रहरूले पनि साथ दिएका थिए । संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले पनि कतारमाथि कूटनीतिक, व्यापारिक र यात्रामा प्रतिबन्धको निर्णय गरेका थिए ।

एउटा सानो तर धनी देश कतारले भने आतंककारी समूहलाई साथ दिएको भन्ने आरोपको खण्डन गर्दै आइरहेको छ ।

यहाँसम्म अवस्था कसरी सम्भव भयो ?
साउदी अरबको पछिल्लो निर्णय कुवेतका परराष्ट्रमन्त्री अहमाद नासिर अल–सबाहले टेलिभिजनमार्फत घोषणा गरेका थिए । यी दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने प्रयासमा कुवेतले प्रयास गरिरहेको थियो । 

केही समय अघिसम्म यी दुई देशबीचको सम्बन्ध सुदृढ हुने संकेत देखिएको थिएन । पछिल्लो केही समयदेखि भने केही राम्रा संकेत देखिएका थिए । त्यसकै आधारमा पछिल्लो प्रगति भएको हो ।

यो द्वन्द्व मिलाउने प्रयासमा अमेरिका पनि संलग्न भएको उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ एवं वरिष्ठ सल्लाहकार जारेद कुस्नेरले साउदी कतारमाथिको नाकाबन्दी फुकुवा गर्ने सम्झौता हस्ताक्षर समारोहमा उपस्थित हुने जनाइएको छ ।

नाकाबन्दी खुल्ने भएपछि कतारका शासक तमिम बिन हमाद पनि सम्मेलनमा सहभागी हुने भएका छन् । उनले सम्मेलनमा सहभागी हुन साउदीका राजा सलमानले गरेको निमन्त्रणा स्वीकार गरेको जनाइएको छ ।

साउदीका एक अधिकारीले सम्मेलनमा कतारको सहभागिता निश्चित गर्न पनि प्रतिबन्ध फुकुवाको निर्णय भएको हो । सन् ०१७ मा साउदीले कतारमाथि नाकाबन्दीको निर्णय गरेको हो । त्यसलगत्तै कतारी शासकले आफ्नो देशको नागरिकलाई भ्रमणमा रोक लगाएको कुनै पनि देशमा आफू नजाले घोषणा गरेका थिए । ‘यो अहिलेसम्म हामीसँग भएको ठूलो उपलब्धि हो,’ अमेरिकी एकजना वरिष्ठ अधिकारीले वाल स्ट्रिट जर्नलसँग भनेका छन्, ‘यसको मतलब उनीहरू एक–अर्कालाई माया गर्छन् भन्ने होइन, तर उनीहरू अब सँगै काम गर्न भने सक्छन् ।’