कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ । हिमपातको कारण जनजीवन कष्टकर बनेको छ ।
हिमपातले चिसो बढेसँगै जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्न समस्या भएको एक कर्मचारीले बताए ।
किसान भने बाली राम्रो हुने भन्दै खुसी बनेका छन् । यद्यपि पशु चौपाया चराउन समस्या भएको किसान बताउँछन् ।