१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १९ आइतबार
  • Friday, 05 July, 2024
रमेश रावल वीरेन्द्रनगर
२o७७ पौष १९ आइतबार १७:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कर्णालीमा ओली पक्षका एक मन्त्रीसहित सांसद प्रचण्ड-नेपाल समूहमा 

प्रदेशसभामा प्रचण्ड-नेपाल पक्ष स्पष्ट बुहमतमा 

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ पौष १९ आइतबार १७:१३:oo

कर्णाली प्रदेश सरकारका ओली पक्ष मानिएका एक मन्त्रीसहित एक सांसद प्रचण्ड–नेपाल पक्षमा गएका छन् । ओली पक्षबाट कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने सामाजिक विकासमन्त्री दल रावल र जुम्लाका सांसद पदम रोकाया प्रचण्ड–नेपाल पक्षमा गएका हुन् । 

प्रचण्ड-नेपाल समूहका दुईजना सांसद धर्मराज रेग्मी र ठम्मर विष्ट ओली समूहमा लागेपछि उनी दबाबमा रहेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ । यो समीकरणले कर्णालीमा प्रचण्ड–नेपाल पक्षका २१ जना सांसद पुगेका छन् ।

कर्णाली प्रदेश सभामा ४० प्रदेश सभा सदस्यमध्ये ३३ जना नेकपाका सांसद रहेको थिए । केन्द्रमा आएको फुटसँगै नेकपा कर्णाली प्रदेशमा ३३ सांसदमध्ये प्रचण्ड–नेपाल पक्षका १९ जना सांसद रहेका थिए । ओली पक्षका १४ जना सांसद रहेका थिए । अब प्रचण्ड–नेपाल समूहमा २१ जना सांसद रहेका छन् भने, ओली पक्षमा १२ जना सांसद रहेका छन् । 
 
कर्णालीमा प्रदेश सरकार बनाउनका लागि २१ जना सांसदको आवश्यक पर्ने भएका कारणले दुवै पक्षसँग सरकार बनाउन बहुमत थिएन ।
 
ओली पक्षका दुई सांसद प्रचण्ड–नेपाल पक्षमा आएका कारणले पूर्ण बहुमत  पुगेको प्रचण्ड–नेपाल पक्षका सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक सीता नेपालीले बताइन् । ‘यसभन्दा अघि हाम्रो बहुमत पुगेको थिएन ।’ उनले भनिन्, ‘दुईजना सांसद हाम्रो पक्षमा आएका कारण स्पष्ट बहुमत पुगेको छ ।’ 

मन्त्री बुढा अन्तिममा धर्मराए

ओली समूहको कित्ता परिवर्तन गरेर प्रचण्ड–नेपाल समूहमा परिवर्तन गर्न तयार भएका कर्णाली प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढा अन्तिममा हच्किएका छन् ।

मन्त्री बुढा, प्रदेश सांसद पदम रोकाया र हुम्लाका केही जिल्ला नेतासहित प्रचण्ड–नेपाल समूहमा प्रवेश गर्न पेरिसडाँडा पुगेका कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल पेरिसडाँडापुग्दा पनि मन्त्री बुढा नआएको स्रोतले जानकारी दियो । ‘मन्त्री रावल र बुढासहितको टोली कित्ता परिवर्तन गर्ने तय भएको थियो । उनले भने, ‘खै किन आउनुभएन त्यसको जानकारी भएन । ओली समूह छाडेर मन्त्री बुढा पनि प्रचण्ड–नेपाल पक्षमा आउने तयारी थियो ।’ 
 

ad
ad
ad
ad