मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार १९:o७:oo
Read Time : < 1 मिनेट
समाचार

फरार अभियुक्तलाई नजोगाएको भन्दै प्रदेश सांसद साहिदा खातुनमाथि कुटपिट  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १९:o७:oo

हत्याका फरार अभियुक्तलाई जोगाउन प्रदेश सांसदले भूमिका नखेलेको भन्दै सोमबार बिहान सिराहाको गोलबजार नगरपालिका–१३, दुर्गापुरमा मधेश प्रदेशकी सांसदसहित नौजनामाथि कुटपिट भएको छ।

गोलबजार–१३, दुर्गापुर घर भएकी प्रदेश सांसद साहिदा खातुन, उनका श्रीमान् मोहम्मद हकिम, छोरी सलमा खातुन, धनुषा सबैला नगरपालिका–१०, खरियानी घर भएका उनका दाजु रहिम मोहम्मद कुटपिटमाथि कुटपिट हुँदा घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कुटपिटबाट स्थानीय रुक्साना खातुन, खैरहुन खातुन, रहना खातुन पनि घाइते भएका छन्। 
घाइते सांसद खातुनसहित आठजनाको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको र उनका दाजु रहिमलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। उनीहरूमाथि लाठी, मुक्का प्रहार भएको थियो। 

कुटपिट आरोपमा तीनजना प्रहरी नियन्त्रणमा
कुटपिटमा संलग्न रहेको आरोपमा गोलबजार प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। घटनामा संलग्न रहेको सूचनाको आधारमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। ‘घटनामा संलग्न रहे नरहेको खुलेपछि कुन मुद्दा चलाउने भन्ने निर्क्याैल गर्छौँ,’ उनले भने, ‘सोधपुछका लागि नियन्त्रणमा लिएकाले नाम खुलाउन मिल्दैन।’

गत दसैँको दुर्गा पूजा मेला हेर्न गएका वेला स्थानीय कृष्ण महराको हत्यामा भएको र उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जमसेद मोहम्मदलाई पक्राउ गरेको थियो।

उक्त घटनामा स्थानीय कासिम मोहम्मदको नामसमेत पोलिएको विषयमा उनका बाबु नथुनी मिया सांसद खातुनसँग कुराकानी गर्न सोमबार बिहान उनको घरमा पुगेका थिए। कुराकानीको क्रममा सांसद खातुनले कानुनी प्रक्रियामा गइसकेको विषयमा आफूले केही गर्न नसक्ने बताएपछि कुटपिट भएको बताइएको छ।