१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रासस/सिन्ह्वा
२o८१ बैशाख २३ आइतबार १३:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टिनमा

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:१३:oo

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टिनमा बस्न लागेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार उनको सम्पर्क कोभिड– १९ का संक्रमितसँग भएपछि क्वारेन्टिनमा बस्न लागेका हुन् । 

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनी कोभिड– १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टिनमा बस्न लागेका छन् ।’ सम्पर्कमा आएका ती व्यक्तिको पहिचान गोपनीयताको अधिकारका कारण सार्वजनिक गरिएको छैन ।

विदेशमन्त्रीको तत्काल गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि सिडिसीको मापदण्डअनुसार कुनै संक्रमितको सम्पर्कमा आएपछि क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
 

ad
ad