१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थायी कमिटी बैठकअघि ओली–प्रचण्ड भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:४६:oo

आज बस्ने नेकपाको स्थायी कमिटी बैठकअघि नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच भेटघाट भएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएकाे भेट सकिएपछि अहिले दुबै जना स्थायी कमिटी बै७कमा सहभागि भएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न अर्का अध्यक्ष दाहाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन् । 

यसअघि आज बिहान ओलीनिकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दाहालनिवास खुमलटार पुगेर दाहालसँग छलफल गरेका थिए । 

सरकारले संवैधानिक परिषद्सन्धी अध्यादेश ल्याएपछि सत्तारुढ दल नेकपाभित्रको अन्तर्द्वन्द्व उत्कर्षमा छ । 

अध्यादेशपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई ठीक ठाउँमा राख्न कडा नीति अख्तियार गर्ने प्रतिक्रिया दाहालसहित माधवकुमार नेपाल तथा झलनाथ खनालले दिइरहेका वेला आज भएको भेटलाई निकै अर्थपूर्ण मानिएको छ । 

दुई अध्यक्षबीच समझदारी बनेमा आज बस्ने भनिएको स्थायी कमिटी बैठक नरम बन्न पनि सक्छ । तर, समझदारी नभएमा आजको स्थायी कमिटी निकै गरम हुने पूर्वानुमान राजनीतिक वृत्तमा गरिएको छ । 

दाहाल–नेपालनिकट मानिने सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषद्को बैठकमा सहभागी नभएपछि सरकारले सभामुखविना पनि परिषद्को बैठक बस्न मिल्ने गरी अध्यादेशबाट संशोधन ल्याएपछि नेकपासहित अन्य दलभित्र देशको राजनीतिक विषयमा तरंग आएको छ । 
 

ad
ad