१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २७ शनिबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर २७ शनिबार o९:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसियाली मुलुकमा कोरोनाको खोप भित्र्याउन एडिबीको साढे १० खर्ब सहयोग घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर २७ शनिबार o९:o८:oo

एसियाली विकास बैंकले आफ्ना सदस्य मुलुकमा कोरोनाविरुद्धको खोप भित्र्याउन तथा वितरण गर्न साढे १० खर्ब रुपैयाँ (९ अर्ब अमेरिकी डलर) विनियोजन गरेको छ । एसिया प्यासिफिक खोप पहुँच सुविधा (एपिभ्याक्स) नामक कार्यक्रममार्फत विकासशील मुलुकहरूलाई शीघ्र एवं समतामूलक ढंगले खोप खरिद तथा वितरणको व्यवस्था मिलाउने एडिबीले घोषणा गरेको हो ।

‘एसियाका विकासशील मुलुकले जतिसक्दो चाँडो आफ्ना जनतालाई खोप लगाउन चाहेका छन्, खोप खरिद गर्न उनीहरूलाई वित्तीय स्रोतका अतिरिक्त भ्याक्सिनेसन प्रक्रियालाई सुरक्षित, समतामूलक र कुलशतापूर्वक व्यवस्थापन गर्न उचित योजना र ज्ञान पनि आवश्यक छ,’ एडिबीका अध्यक्ष मासात्सुगु आसाकावाले भने, ‘एपिभ्याक्सले यी चुनौती सामना गर्न तथा महामारीलाई पार लगाउँदै आर्थिक पुनरुत्थानमा केन्द्रित हुने सदस्य मुलुकहरूलाई महत्वपूर्ण सहयोग गर्नेछ ।’

एसिया प्यासिफिक क्षेत्रमा १ करोड ४३ मानिसहरू कोरोनाबाट संक्रमित भएका छन् भने हालसम्म २ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । महामारी कायमै रहँदा यी मुलुकहरूको आर्थिक वृद्धि सन् २०२० मा ०  दशमलव ४ प्रतिशतले खुम्चिएको एडिबीको अनुमान छ । एडिबीले गर्ने सहयोग खोपका लागि शीतभण्डारणको शृंखला (कोल्ड चेन) बनाउने, ढुवानी गर्ने पूर्वाधार निर्माण गर्ने, प्रशोधन सुविधा बनाउने तथा अन्य भौतिक पूर्वाधारमा लगानी गर्ने काममा लगानी हुने जनाएको छ ।