१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लोकगायक सुरेश गन्धर्वलाई कामना सेवाको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:४७:oo

कामना सेवा विकास बैंकले लोकगायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० हजार रुपैयाँ सहयोग गरेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डभित्र रही शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, सामाजिक रूपले पिछडिएका वर्गको आयआर्जन क्षमता अभिवृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रमजस्ता क्षेत्रमा सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

६५ वर्षअघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्व सानै उमेरदेखि नै सारंगी बजाउँदै र सुरिलो स्वरले गाउँदै धेरै श्रोताको मन जित्न सफल भए । उनले धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा ‘रिंकेबुङको राँगोलाई’ बोलको गीत रेकर्ड गरेको बैंकले जनाएको छ ।

गन्धर्व हाल मुटुरोग, युरिक एसिड (बाथ), सुगर (मधुमेह), प्रेसर, थाइराइडजस्ता रोगहरूबाट पीडित रहेका कारण उनलाई सहयोग गरिएको बैंकले जनाएको छ । सहयोग रकमको चेक बैंकका प्रदेश नं १ का प्रमुख सुजन छाराहाङले गन्धर्वको धरान–८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेको जनाइएको छ । 

ad
ad