मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १ बुधबार
  • Wednesday, 14 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २० शनिबार ०८:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीलाई सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २० शनिबार ०८:५६:००

नबिल बैंक र लगानी प्रवद्र्धन कम्पनी वान टू वाचबीच लघु साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग गर्ने सम्झौता भएको छ । बैंकले ‘कोभिड–१९ एमएसएमई कोष नेपाल’ अन्तर्गत एसएमईलाई ब्याजमुक्त र धितोरहित कर्जा प्रदान गर्ने सम्झौता गरेको हो । 

यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोभिड–१९ बाट प्रभावित, तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितोरहित र ब्याजमुक्त छोटो अवधिको कर्जा दिने बैंकले जनाएको छ । यसले कोभिड–१९ को प्रभावविरुद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन व्यवसायीलाई मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । योजनामा छनोटमा परेका व्यवसायीले आफ्नो व्यवसायअनुकूल परामर्श पनि प्राप्त गर्ने जनाइएको छ ।  

पूर्वनिर्धारित मापदण्डका आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितोरहित कर्जा प्राप्त गर्ने र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्ने जनाइएको छ ।

सम्झौतामा बैंकका डेपुटी सिइओ सुजितकुमार शाक्य र वान टू वाचका प्रबन्ध निर्देशक सुमन जोशीले हस्ताक्षर गरेको जनाइएको छ । कार्यक्रममा बैंकका सिइओ अनिलकेशरी शाहले नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक वृद्धिका लागि मद्दत गर्न सदैव तयार रहेको बताएको बैंकले जनाएको छ ।

कोभिड–१९ प्रभावित व्यवसायलाई यस कठिन समयमा सहयोग पुर्‍याउन र निरन्तरता दिई सक्षम हुन धितोरहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वान टू वाचका साथ सहकार्य गर्न धेरै उत्साहित रहेको उनले बताएको जनाइएको छ ।