१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १९ शुक्रबार
  • Saturday, 05 July, 2025
२o७७ मङ्सिर १९ शुक्रबार १७:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजासहितको हिन्दू राष्ट्र माग्दै हेटौँडामा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर १९ शुक्रबार १७:o७:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै आज हेटौँडामा मोटरसाइकल र्‍याली गरेको छ। 

पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्‍यालीले बजारको परिक्रमा गरेको थियो ।

सहर परिक्रमापश्चात् सभालाई पार्टीका नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले कांग्रेस, कम्युनिस्टको गलत नीतिले मुलुक समस्याको दलदलमा भासिएको बताए । उनले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे । 

पार्टीका युव नेता राजाराम बर्तौलाले  राष्ट्रवद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए।

कार्यक्रममा केन्द्रिय सदस्य नवराज बिष्ट,जिल्ला अध्यक्ष रामहरी न्यौपाने, युवा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए । पछिल्लो समय राजसस्था र हिन्दुराष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ ।