१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

बन्दै छ २२ तले धरहरा, यस्ता हुनेछन् सुविधा (भिडियो रिपोर्ट)

१९ तलासम्मको ढलान सकिएको नयाँ धरहरा २२ तलाको बन्ने छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:४६:oo

कोरोना कहरमा कैयौँ विकास निर्माणले विश्राम लिए । तर, धरहराले निरन्तर उचाइ लिइरह्यो । निर्माणाधीन धरहराको टुप्पोसम्म आँखा पुर्‍याउन अब शिर मज्जैसँग उठाउनुपर्ने भएको छ । 

१२ वैशाख ०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहराको ‘ठुटो निशानी’ नजिकै ठडिएको छ, नयाँ धरहरा । पुरानो धरहराको ठुटोलाई ‘भुइँचालो स्मारक’का रूपमा सिसाले छोपेर ‘जीवन्त’ राखिनेछ । त्यसको १० मिटर दूरीमा उभिँदै गरेको नयाँ धरहरा बाहिरबाट हेर्दा पुरानै स्वरूपको देखिनेछ । 

१९ तलासम्मको ढलान सकिएको नयाँ धरहरा २२ तलाको बन्नेछ । शिरमा पुरानै धरहराको गजुर रहनेछ । धरहराभित्र एउटा भर्‍याङ र दुईवटा लिफ्ट राखिनेछ । लिफ्टबाट प्रतिसेकेन्ड एक मिटर गतिमा धरहरा चढ्न र ओर्लिन सकिनेछ । 

तीन अर्ब ४८ करोडको लागतमा बन्ने नयाँ धरहराले ४२ दशमलव २ रोपनी विशाल क्षेत्रलाई समेट्नेछ । धरहरामा दुईतला अन्डरबेसमेन्ट अत्याधुनिक पार्किङस्थल बन्नेछ । गोश्वारा हुलाक भवन रहेको ठाउँमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ रहनेछ । संग्रहालयसँगै मनोरम पार्क निर्माण हुनेछ । हरियाली पार्कभित्र ढुंगेधारा र चमेनागृह हुनेछन् । सो क्षेत्रमा मर्निङवाक र इभिनिङवाक गर्न मिल्नेछ ।

धरहरा छेवैमा म्युजिकल फाउन्टेनका रूपमा पानी चल्नेछ । नेपाल चिनाउने वस्तुहरू बेच्ने पसल पनि राखिनेछन् । २२औँ तलामा बाल्कोनी बन्नेछ, जहाँबाट उपत्यका नियाल्न सकिनेछ । 

दुई वर्षमा पुनर्निर्माण सक्ने सम्झौता गरी चीनको जिआइआइटिसी र नेपालको रमन कन्स्ट्रक्सनले ०७५ असोजमा संयुक्त रूपमा काम सुरु गरेका थिए । तर, समयमा काम नसकिएपछि  ०७८ असार १६ गतेसम्मका लागि म्याद थपिएको छ । 
 

ad
ad