१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेता पौडेलमाथि भएको दुर्व्यवहार सर्वसत्तावादको संकेत : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४३:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन् । 

गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका नेता पौडेलसहित नेता–कार्यकर्तामाथि भएको धरपकडको घटना आपत्तिजनक र निन्दनीय भएको भन्दै सभापति देउवाले कांग्रेसले सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् । 

प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार भएर बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु।’ 

उनले वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन कांग्रेसले एकढिक्का भएर प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

बुधबार दिउँसो गृहजिल्ला तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकको बुल्दी खोलामा बनेका पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । 

नेता पौडेलसहित तनहुँ कांग्रेसका कार्यबाहक सभापति जितप्रकाश आले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेस जिल्ला सचिव लक्ष्मी आचार्यसहित दर्जनौँ कांग्रेस कार्यकर्तालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ । 

नेता पौडेलले पुल उद्घाटन गर्न नहुने भन्दै नेकपाका करिब दुई सय कार्यकर्ताले युवा संघको ब्यानरमा पुल उद्घाटन स्थलमा विरोध प्रदर्शन गरेका थिए । दुई पक्षबीच झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी कांग्रेस नेताहरूलाई नियन्त्रणमा लिएको हो । 

 

 

 

ad
ad