१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/एएफपी
२०७७ मङ्सिर ११ बिहीबार १४:४३:००
Read Time : < 1 मिनेट
अर्थ

दुबई–तेलअभिभ सीधा उडान सुरु 

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ मङ्सिर ११ बिहीबार १४:४३:००

युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेलअभिभ सीधा उडान सुरु गरेको छ । युएई र इजरायलबीच सम्बन्ध सामान्यीकरण गर्नेसम्बन्धी सम्झौता भएपछि निजी क्षेत्रबाट बिहीबारदेखि उडान प्रारम्भ भएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका प्रवक्ताले विमान सेवा प्रारम्भ हुन लागेको जानकारी दिएका हुन् । यो उडान करिब चार घन्टाको हुनेछ । प्रधानमन्त्रीका प्रवक्ता ओफर गेन्डिलम्यानले ट्विट गर्दै प्रधानमन्त्री नेतन्याहुले फ्लाई दुबईको पहिलो उडानका यात्रुलाई बेन–गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने जानकारी दिए ।

युनाइटेड अरब इमिरेट्सले गत सेप्टेम्बरमा इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको थियो । अमेरिकी अग्रसरतामा भएको सम्झौता गर्ने खाडी क्षेत्रका मुलुकहरूमध्ये युएई तेस्रो हो । यसअघि सन् १९७९ मा इजिप्ट र सन् १९९४ मा जोर्डनले इजरायलसँग कूटनीतिक सम्बन्ध कायम गरेका थिए ।

फ्लाई दुबईले दिनमा दुईवटा उडान भर्नेछ । इजरायली विमान सेवा कम्पनी एलअल र इसरायर दुवैले अर्को महिनादेखि व्यावसायिक उडान सुरु गर्ने अपेक्षा गरिएको छ । युएईको राजधानी अबुधाबीमा मुख्यालय रहेको इत्तिहाद एयरवेजले भने सन् २०२१ को मार्चदेखि तेलअभिभको सीधा उडान गर्ने तयारी गरेको छ ।