१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

नर्वेको भिसा त्यागेर ड्रयागन खेतीमा भविष्य खोज्दै तारा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:१२:oo

मोरङको बेलबारी– ८ का तारा सापकोटा नर्वे जानका लागि तयारी अवस्थामा थिए । उनको भिसासमेत लागिसकेको थियो । उनलाई एजेन्टले १३ लाख रुपैयाँ ठीक पारेर आउन भनेका थिए । एजेन्टले भनेअनुसार ऋण खाजेर पैसासमेत तयार पारेका थिए सापकोटाले ।
 
त्यही मौकामा नगरपालिकाको नगर सभाले कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्यायो । सापकोटालाई नगरपालिकाले ल्याएको बजेट जान्न र बुझ्न मन लाग्यो । उनी नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न गए । 

दुई–तीन कट्ठा जमिनमा ड्रयागन फ्रुटको खेती गर्न मन भएको, तर आफू नर्वे जान तयार भएको योजना उनले नगरप्रमुख र प्रशासकीय अधिकृतलाई सुनाए । उनीहरूले १० कट्ठा जमिनमा खेती गर्नुहोस् नगरपालिकाले सहयोग गर्छ भन्दै हौसला दिए । 

सापकोटाले भने, 'उहाँहरूको कुराले म प्रभावित भएँ । कताकता विदेशको मोह एक्कासि कम हुँदै गयो । र, आफ्नै माटोमा भविष्य खोज्ने निर्णय गरेँ ।’  

सापकोटा वैदेशिक रोजगारीमा जानका लागि तयार गरेको १३ लाख रुपैयाँ ड्रयागन खेतीमा लगानी गर्न तयार भए । सापकोटाले सुरु गरेको ड्रयागन खेतीको सुरुवात बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बिरुवा रोपेर उद्घाटन गरे । मेयर सुवेदीले आफ्नै माटोमा पसिना बगाउँछौँ, केही गर्छौँ भन्नेलाई नगरपालिकाले सहयोग गर्ने कुरा फेरि दोहोऱ्याए । सापकोटा ड्रयागन खेती गर्ने मोरङका पहिलो किसान हुन् । 

कृषिलक्षित कार्यक्रमअन्तर्गत नगरपालिकाले विनाधितो सहुलियतपूर्ण कर्जा योजना ल्याएको छ । जसमा २ प्रतिशत ब्याजदरमा समूह खेतीका लागि पाँच लाख ऋण उपलब्ध गराउन नगरपालिकाले बैंकसँग सहकार्य गरेको छ । यस योजनाअन्तर्गत २० करोडभन्दा बढी रकम कृषकलाई दिन सकिने आकलन गरिएको प्रमख सुवेदीले बताए । 

चालू आवमा पावर टिलर, मकै थ्रेसर, मिनी टिलर, ड्रयागन खेती, गोलासहितको माहुरीको घार वितरण गर्ने कार्यक्रम अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए । 

प्रत्येक वडाले पाँच लाख मूल्यबराबारीको फलफूलको बिरुवा कृषकलाई वितरण गर्ने गरी नगरसभाबाट पास गरेको छ । बेलबारीमा ११ वटा वडा छन् । यसअघि नै नगरपालिकाले एक वडा, एक उत्पादन कार्यक्रम अघि बढाएको छ । 

 


 

ad
ad