मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर ६ शनिबार १३:३५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फाइजर र बायोएनटेकद्वारा अमेरिकामा कोरोनाविरुद्वको खोप प्रयोगका लागि अनुमति माग

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ६ शनिबार १३:३५:००

कोरोनाविरुद्धको खोप उत्पादक कम्पनी फाइजर इंकले आकस्मिक अवस्थामा कोरोनाविरुद्धको खोप प्रयोग गर्ने मागसहित अमेरिकी नियामक निकायमा अनुमति मागेको छ । फाइजर इंकले केही दिनअघि सहयोगी जर्मन कम्पनी बायोएनटेकको सहकार्यमा उत्पादन गरेको खोप फाइजरले ९५ प्रतिशत काम गरेको दाबी गरेको थियो । 

आफूले उत्पादन गरेको खोप पूर्ण सुरक्षित रहेको दाबीसहित कम्पनीले अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडिए) सँग प्रयोगका लागि अनुमति मागेको हो । फाइजरले अमेरिकामा जस्तै युरोप र बेलायतमा पनि अनुमति मागेको छ । 

अनुमति माग गरेसँगै आवेदन प्रक्रियामा गएको छ । अब एफडिएका सल्लाहकारबीच यस विषयमा छलफलपछि मात्रै निर्णय हुने जनाइएको छ ।