मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
संजित परियार काठमाडौं
२०७७ मङ्सिर १ सोमबार १२:४३:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बालगोपालेश्वरमा भाइ-बहिनी टीका [फाेटाेफिचर]

Read Time : > 1 मिनेट
संजित परियार, काठमाडौं
२०७७ मङ्सिर १ सोमबार १२:४३:००

हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पहिलोपटक खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर परिसरमा दिदीबहिनी नहुने तथा विभिन्न कारणले भेट नभएका दाजुभाइले रानीपोखरीमा पुगेर सामूहिक टीका लगाएका छन् ।

०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि आज खुला गरिएको हो । 

यस मन्दिर वर्ष दिनमा भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला रहने गर्छ । तर, भूकम्पपछि भने पाँच वर्षसम्म याे मन्दिर बन्द रह्यो । भूकम्पले मन्दिरलगायत रानीपोखरीमा क्षति पुऱ्याएकाले पुनर्निर्माणका लागि बन्द रहेको थियो । 

दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन रहेको छ । ०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो । 

मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरूमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो । 

लामो समयपछि यो वर्ष भाइटीकाका दिन बालगोपालेश्वरको दर्शन गर्न पुगेका सर्वसाधारणहरू खुसी देखिन्छन् । पुनर्निर्माण अघिको भन्दा अहिलेको रानीपोखरी सफा रहेको उनीहरूको भनाइ छ । 

पाँच वर्षपछि पुनः बालगोपालेश्वरको दर्शन गरी भाइटीका लगाउन पाउँदा खुसी लागेको सर्वसाधारणले बताए । कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था गरिएको  छ । 

भिड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयंसेवकसमेत परिचालन गरेको छ । फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोलि २ गते पनि मन्दिर खुला हुनेछन्