मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक २७ बिहीबार १४:४४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण बालबालिकामा कोभिड संक्रमण न्यून

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २७ बिहीबार १४:४४:००

विभिन्न अध्ययनले वयस्कको तुलनामा बालबालिकामा कोभिड संक्रमण न्यून देखाएका छन् । संक्रमित भइहाले पनि गम्भीर लक्षण नदेखिने र अन्य व्यक्तिमा संक्रमण सार्ने सम्भावना निकै न्यून हुने पनि ती अध्ययनको दाबी छ । यस्तो किन भइरहेको छ भनेर पछिल्ला समय भएका केही अध्ययनले कोभिड संक्रमण नभएका बालबालिकाहरूमा कोरोना भाइरसविरुद्धको एन्टिबडी भेटिएको उल्लेख गरेका छन् । 

बेलायतको फ्रान्सिस क्रिक इन्स्टिच्युटले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार सामान्यतया बालबालिकामा अन्य कोरोना भाइरसविरुद्धको एन्टिबडी पहिले नै निर्माण भइसक्ने सम्भावना रहन्छ । जस्तै पाँचवटा चिसो वा अन्य फ्लु हुने भाइरसको परिवारको अन्य सदस्यले संक्रमण फैलाउँदा शरीरमा एन्टिबडी उत्पादन हुने सम्भावना रहन्छ । तिनै एन्टिबडीले शरीरमा सार्स कोभिड संक्रमणलाई रोकेको हुन सक्ने विज्ञहरूको अनुमान छ । गत साता साइन्स नामक जर्नलमा प्रकाशित अध्ययन रिपोर्टमा रेट्रोभाइरल इम्युनोलोजी प्रयोगशाला गरिएको अनुसन्धानमा बराबर संख्यामा सहभागी गराइएका वयस्कको तुलनामा बालबालिकामा एन्टिबडी भेटिने प्रतिशत निकै बढी फेला परेको थियो । अध्ययनमा जम्मा ४ प्रतिशत वयस्कमा एन्टिबडी भेटिँदा करिब ४३ प्रतिशत बालबालिकमा पहिले नै एन्टिबडी फेला परेको थियो । यो अध्ययनलाई जोन्स हप्किन्स स्कुल अफ मेडिसिनले पनि प्रशंसा गरेको छ ।

यस्तै हार्भर्ड मेडिकल स्कुलले पनि धेरैजसो मानिसमा कोरोना भाइरस समूहअन्तर्गतको अन्य भाइरस संक्रमणबाट हुने सामान्य फ्लुका कारण शरीरमा एन्टिबडी हुन्छन्, जसले कोभिड भाइरसको संक्रमणबाट बचाउने बताएको छ । 

महामारीको सुरुवातमै फ्रान्सिस क्रिक इन्स्टिच्युटले एन्टिबडी परीक्षणमा अनुसन्धान थालेको थियो । सुरुवातमै संक्रमितमा एन्टिबडीको मूल्यांकन गर्न तीन सयजना वयस्क र ४८ जना बालबालिकामा परीक्षण सुरु गरेको थियो । जसलाई एक सय ७० जना कोभिड संक्रमितको शरीरममा उत्पादन भएको एन्टिबडीसँग तुलना गरिएको थियो । त्यो समयमा कोरोना भाइरसविरुद्ध लड्न शरीरमा कुनै पनि एन्टिबडी उत्पादन नभएको वैज्ञानिकहरूले बताएका थिए । तर, बिस्तारै केही वयस्क र बालबालिकामा एक किसिमको एन्टिबडी उत्पादन भएको र जसले कोषहरूमा कोरोना भाइरस र अन्य भाइरस प्रवेश गर्न नदिएको उदाहरण भेटिएको पुष्टि गरेका थिए । यो एन्टिबडी स्पाइकमा संलग्न हुने र कोरोना भाइरसबाट बाहिर निस्कने हुन्छ । जसले कोषहरूमा भाइरस प्रवेश गर्नबाट रोक्ने गर्छ । तर, वयस्कमा भने अन्य भाइरसको एन्टिबडी भेटिए पनि कोभिड संक्रमण भएकोले विस्तृत अध्ययनका लागि हजाराँै बालबालिका र वयस्कहरू सहभागी गराउन आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन् । 

यस्तै हार्भर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले एन्टिबडीको विस्तृत अध्ययनका लागि आठ सय स्थानमा एन्टिबडीमाथि अनुसन्धान गरिरहेको बताएको छ । उक्त अनुसन्धानपछि कोभिड भाइरसविरुद्धको एन्टिबडी र यसले संक्रमणको जटिलताबारे पत्ता लगाउन सकिने वैज्ञानिकहरूको अनुमान छ । 
 –एजेन्सीको सहयोगमा