मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार ०५:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंक, नेपाल राष्ट्र बैंक र जर्मनीको डेभलपमेन्ट बैंकबीच सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार ०५:१३:००

जर्मन सरकारको सहयोगमा सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एन्ड सेमी–रुरल एरियाज (साड–२) परियोजनाका लागि सिद्घार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र केएफडब्लू डेभलपमेन्ट बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतामा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेपाल राष्ट्र बैंकका लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । परियोजना नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको  सहयोगमा भएको जनाइएको छ ।

यसमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत वाणिज्य बैंकमध्येबाट सिद्घार्थ बैंक र जर्मन सरकारको तर्फबाट केएफडब्लू डेभलपमेन्ट बैंकद्वारा कार्यान्वयन गर्ने गरी नेपालको ग्रामीण तथा अर्धसहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरूलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्शलगायत आवश्यक प्राविधिक सेवाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।