मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक २५ मंगलबार
  • Sunday, 13 July, 2025
रमेश रावल सुर्खेत
२o७७ कार्तिक २५ मंगलबार १३:o३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दसैँ–तिहारकाे माैकामा रारामा आन्तरिक पर्यटकको लर्काे

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७७ कार्तिक २५ मंगलबार १३:o३:oo

कोरोनाका कारणले सुनसान रहेको मुगुको पर्यटकीय स्थल अहिले भने आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ । 

दसैँ–तिहारमा बिदा परेका कारणले रारामा आउने आन्तरिक बढेका हुन् । कोरोना कारणले सुनसान रहेको रारामा दसैँ–तिहारको बीचमा रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
कोरोना महामारीका कारणले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक एक सय ५० जनासम्म आन्तरिक पर्यटकहरू सडक र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले बताए । 

‘विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेका छन् ।’

रारा राष्ट्रिय निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिक महिनामा रारामा झन्डै तीन हजार आन्तरिक पर्यटक भित्रिए छन् । 

प्रायः रारा आउने आन्तरिक पर्यटकहरू मोटरसाइकल, जिप र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिए । 

रारामा घुम्न आउने पर्यटक बढेका कारणले रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सातवटासम्म सुर्खेत र नेपालगन्जबाट उडान भर्ने गरेका छन् । 

रारा घुम्नलाई चैत, वैशाख र जेठ महिना र भदौ, असोज, कात्तिक महिना उपयुक्त भएका कारणले रारामा घुम्न आउने आन्तरिक पर्यटकहरूलाई सहज हुने गरेको मुगु फोतुका नरबहादुर रावतले बताए । 

‘प्रायः पर्यटकहरू हिउँद सकिएपछि र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन्,’ उनले भने, ‘त्योबाहेक अरू समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन् ।’

बिदामा रारामा मनाउने संख्या वृद्धि भएका कारणले कर्णाली राजमार्गमा रहेका होटेल तथा अन्य व्यावसायिक चहलपहल पनि निकै बढेको नाग्ममा व्यवसायी नरेन्द्र रोकायाले बताए । 

‘रारा घुम्न आउने पर्यटकका कारणले कर्णाली राजमार्गका होटेल तथा अन्य व्यवसायमा चहलपहलको पनि वृद्धि भएको छ,’ उनले भने, ‘विगतका वर्षभन्दा यस वर्ष दसैँ–तिहार बिदामा रारा आउनेको संख्या निकै वद्धि हुने अनुमान गरिएको छ ।’