१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ कार्तिक २१ शुक्रबार १२:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिमकोट विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरु

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २१ शुक्रबार १२:०४:००

सिमकोट विमानस्थलमा असोज महिनाबाट कालाेपत्रे काम सुरु भएको छ । 

०७५ फागुन ३० गते सम्झौता भएर ०७७ भदौ अन्तिममा सक्ने लक्ष्यसहित ठेक्का भएकाे भए पनि कालोपत्रे गर्ने कार्य निकै ढिला गरी सुरु  भएको हो । 

असोज १५ गतेबाट सिमकोट विमानस्थल कालोपत्रे गर्ने कार्य थालिएको ट्रेथिङ रनवे टयाक्सी वे एप्रोन (ओभरले) आयोजनाले जनाएको छ । 

कोडिभ– १९ र मौसमका कारण विमानस्थल कालोपत्रे गर्ने काम ढिलाइ हुन गएको आयोजनाका  साइट सहइन्चार्ज इन्जिनियर अजय गुप्ताले बताए । 

सिमकोट विमानस्थलमा ६ सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग, कालोपत्रे भएपछि एप्रोन तथा पार्किङको भाग र हेलिप्याड निर्माण हुने भएको इन्जिनियर गुप्ताले बताए । 

विमानस्थल कालोपत्रे गर्ने करिब मूल्य अभिवृद्धिसहित नाै करोड ९६  लाखको लागतमा ठेक्का सम्झौता भएको थियो । 

कति के–के खर्च ?

सिमकोट विमानस्थल कालोपत्रे गर्ने अन्दाजी एक सय ट्रन अलकत्रा र एक हजार धनमिटर गिटी ढुंगा लाग्ने ट्रेथिङ रनवे ट्रयाक्सी वे एप्रोन (ओभरले) आयोजनाका साइट सहइन्चार्ज गुप्ताले जानकारी दिए ।

६ सय ५० मिटर धावनमार्गको लम्बाइ र २० मिटर चौडाइ  १ सय ४० मिटर एप्रोन कालोपत्र हुनेछ । 

कालोपत्र दुई इन्च लेयरमा हुने गुप्ताले बताए ।