१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार २१:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपालसँग सम्बन्ध विस्तार गर्न चाहन्छौँ : पाकिस्तानी राष्ट्रपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २१:४३:oo

पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले आपसी हितका विभिन्न क्षेत्रमा नेपालसँग पाकिस्तानले द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्न चाहेको बताएका छन् । नेपालका लागि नवनियुक्त राजदूत सैयद हैदर शाहलाई बुधबार इस्लामाबादस्थित कार्यालयमा बोलाएर उनले सहकार्यको नयाँ क्षेत्रमा काम गर्न पनि सुझाब दिएका छन् । राष्ट्रपति अल्भीले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले उच्च महत्व दिएको पनि उल्लेख गरेका छन् ।

‘पाकिस्तान र नेपालबीच आर्थिक, राजनीतिक, सांस्कृतिक सम्बन्ध थप सुधारका लागि उल्लेखनीय सम्भावना छ,’ राष्ट्रपति अल्भीलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले कृषि, औषधि उद्योग, सूचना प्रविधिलगायत नयाँ क्षेत्रमा द्विपक्षीय सहकार्यको सम्भावनाको खोजी गर्न राजदूत शाहलाई सुझाबसमेत दिएका छन् । 

नेपालका लागि निवर्तमान राजदूत डा. मजहर जाभेदलाई पाकिस्तान सरकारले दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरेको छ । कार्यभार सम्हाल्न जाने क्रममा जाभेद इस्लामाबाद पुगेका छन् । नेपालका लागि राजदूत शाह यसअघि दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा उपनियोग प्रमुख थिए । उनी कार्यभार सम्हाल्न चाँडै काठमाडौं आउन लागेको पाकिस्तानी दूतावासका एक अधिकारीले जानकारी दिए ।

संयोगवश पाकिस्तानमा पनि नेपालबाट नयाँ राजदूत तापस अधिकारी नियुक्त भएका छन् । उनी पनि कार्यभार सम्हाल्न इस्लामाबाद जाने तयारीमा छन् । 
 

ad
ad