१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

धुलो दूध उत्पादन गर्ने उद्योग खाेल्दै प्रदेश सरकार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:o४:oo

बागमती प्रदेश सरकारले धुलो दूध उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका- १० स्थित सिसौघारीमा उद्योग स्थापना गर्ने भएको हो । 

धुलो दूध उत्पादनका लागि बारा, पर्सा, रौतहट, चितवन र मकवानपुरका गरी पाँच हजार ६ सयजना कृषकबाट उद्योगले दैनिक ६० हजार पाँच सय लिटर दूध संकलन गर्ने बोर्डको अनुमान छ । 

मन्त्रालयका प्रवक्ता पाण्डेका अनुसार धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भइसकेपछि करिब ८० जनाले रोजगारी पाउनेछन् । 

उत्पादित धुलो दूधको प्याकिङ दैनिक पाँच मेट्रिक टन सातवटै प्रदेशको स्थानीय बजार, होटेलहरू र सर्वसाधारण उपभोक्तालाई सहज ढंगबाट वितरण गर्ने कार्य तालिकासहित यातायातको सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

करिब दुई बिघा दुई कठ्ठा जग्गामा उद्योगको प्रशासकीय भवन र प्लान्ट निर्माणका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बोलपत्र आह्वान गरिसकेको मन्त्रालयका प्रवक्ता डा. शरण पाण्डेले बताए । 

४५ करोड १२ लाख लागतमा उद्योग स्थापनाका लागि प्रदेश दुग्ध विकास बोर्डलाई रकम हस्तान्तरण गरिसकेको पाण्डेले बताए । 

उनका अनुसार उद्योगले आगामी आर्थिक वर्ष ०७८/७९ मा दैनिक पाँच मेट्रिक टन धुलो दूध उत्पादन गर्ने बोर्डले लक्ष्य लिएको छ । 
 

ad
ad