मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस उदयपुर
२०७७ कार्तिक ११ मंगलबार २१:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

Read Time : < 1 मिनेट
रासस उदयपुर
२०७७ कार्तिक ११ मंगलबार २१:०५:००

उदयपुरकाे त्रियुगा नगरपालिका– १० बोक्सेकाे पानीट्यांकीनिवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजुरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

प्रहरीका अनुसार उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक-पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

ती धामीले आफ्ना गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् ।