मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ६ बिहीबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ६ बिहीबार १२:३६:००

कैलालीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।अन्य तीनजना घाइते भएका छन् ।

बसको ठक्करबाट लम्की–चुहा नगरपालिका– ९ प्रतापपुरकी ३५ वर्षीया भागरथी रेग्मीको मृत्यु भएको छ । 

बर्दगोरिया गाउँपालिका– ४ चमेलीपुरमा सुपप्र ०१००८ प २३०९ नम्बर मोटरसाइकलमा सवार रेग्मीलाई सोही दिशातर्फ गइरहेको स१प ९५७ नम्बरको बसले बुधबार साँझ साढे ६ बजेतिर ठक्कर दिएको थियो । 

मोटरसाइकलका चालक लम्कीचुहा नगरपालिका– ९ प्रतापुरका रामबहादुर चौधरी घाइते भएका र उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

ठक्कर दिने बसका चालक ३६ वर्षीय खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

रेग्मी नेपाली कांग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषध्यक्षसमेत हुन् ।

मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्गको सुखद सडकखण्ड अवरुद्ध पारेका छन्  ।

यस्तै, पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका– १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको छ ।  

न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल गएराति १२ बजेतिर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि टीकापुर अस्पताल लगिएको र उनको उपचारकै क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

यस्तै मोटरसाइकलको पछाडि सवार  लम्कीचुहा नगरपालिका– १ कै ३९ वर्षीय जयप्रकाश न्यौपाने र ५० वर्षीय जन्मजय न्यौपाने घाइते भएका छन् । 

उनीहरूको लालरत्न अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।