१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १५:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीसहित मन्त्रीहरूको दसैँ भत्ता कोरोना कोषमा दाखिला गर्ने निर्णय लिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १५:४४:००

मन्त्रिपरिषद्काे साेमबार अपराह्न ४ बजे बैठक बस्दै छ । 

याे बैठकले प्रधानमन्त्री र मन्त्रीहरूले दसैँमा पाउने भत्ता कोरोना नियन्त्रण तथा उपचार कोषमा दाखिला गर्ने निर्णय गर्ने भएकाे छ । 

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे प्रस्ताव राख्न लागेका हुन् । 

साथै मन्त्रिपरिषद्ले सबै तहका सरकारलाई यस वर्षको दसैँ भत्ता कोरोना कोषमा दाखिल गर्न अनुरोध गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । 

दुई दिनअघि नै लुम्बिनी प्रदेश सरकारले आफ्ना मन्त्रीहरूले पाउने दसैँ भत्ता कोरोना कोषमा खर्च गर्ने निर्णय गरिसकेको छ ।

साथै प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय सरकारहरूलाई पनि दसैँ भत्ता कोषमा खर्च गर्न आह्वान गरिसकेको छ ।