मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ३ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक ३ सोमबार o७:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई कृषि कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक ३ सोमबार o७:५३:oo

एभरेष्ट बैंक लिमिटेडले काभ्रेको पाँचखाल नगरपालिकाका कृषकलाई कृषि ऋण प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । बैंकले २५औँ वार्षिकोत्सवको अवसर पारेर पाँचखान नगरपालिकासँग नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार सहुलियतपूर्ण ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने सम्झौता गरेको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले  हस्ताक्षर गरेका थिए । बैंकले ७ वटै प्रदेशमा ९८ शाखा, ३० राजस्व संकलन काउन्टर तथा १ सय २९ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।