मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका स्याङ्जा
२०७७ कार्तिक १ शनिबार ०८:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
२०७७ कार्तिक १ शनिबार ०८:०२:००

आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घन्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड– १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए । 

उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो । ‘जिल्ला प्रवेश गर्दा अनिवार्य रूपमा ७२ घन्टा समयावधिको पिसिआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएमा तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ,’ प्रजिअ बस्नेतको भनाइ थियो । जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाइ गर्ने निर्णय गरेको प्रजिअ बस्नेतले बताए । 

स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ । प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा, समारोह, भेला तथा भिडभाड नगर्न–नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरू अपनाउन आग्रह गरेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस स्याङ्जाले संयुक्त विज्ञप्ति निकालेर जिल्लामा सभा, सम्मेलन, भेला तथा औपचारिक कार्यक्रम नगर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस र कांग्रेस जिल्ला कार्यबाहक सभापति बुद्धिबहादुर रानाले कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पार्टीका गतिविधि स्थगन गर्ने निर्णय गरेका हुन् ।

दुवै दलको संयुक्त बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा चाडपर्वको वेला नियमित हुँदै आएको शुभकामना आदान–प्रदान तथा सामूहिक भेटघाट नगर्ने निर्णय भएको नेकपा जिल्ला अध्यक्ष गैह्रेले बताए । रासस