मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज २३ शुक्रबार
  • Sunday, 13 July, 2025
२o७७ असोज २३ शुक्रबार o८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज २३ शुक्रबार o८:५o:oo

लमजुङमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रु ठगिने, लुटपाट हुने र चोरी हुने जस्ता क्रियाकलाप बढ्ने भएकाले त्यसको रोकथामका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

 यात्रु सहायता कक्षमा प्रहरीको डयुटी रहने र यात्रुहरुले कुनै पनि गुनासो, उजुरी,यात्रा गर्दा असुरक्षित असहज भए, यातायात व्यावसायीहरुले तोकेको भन्दा बढी भाडा लिए यात्रु सहायता कक्षमा आएर उजुरी गर्न सक्नेछन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङ र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला सदरमुकाम बेसीशहरको शेरा चोक, मनाङे चौतारा, पाखुरीचोक, लमजुङको सिमाना पाउँदी, खत्रिठाटी, धमिलीकुवा, तिनपिप्ले, खुदी, दईपिप्ले लगायत ८ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।  

उनले भने ‘चाडपर्वको समयमा यात्रुको चाप बाक्लो हुने र यो समयमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने भएकाले समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।’