१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २० मंगलबार ०८:४३:००
Read Time : < 1 मिनेट
समाचार

लमजुङ प्रहरीद्वारा ७३ क्युफिट अवैध सालको काठ बरामद

Read Time : < 1 मिनेट
२०७७ असोज २० मंगलबार ०८:४३:००

लमजुङ प्रहरीले सुन्दरबजार नगरपालिका– ५ गहतेमा अवैध रूपमा ट्याक्टरमा लोड गरी राखिएको सालको काठ बरामद गरेको छ ।  गहतेमा काठ लोड गरी राखिएकाा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएर चेकजाँच गर्दा ७३ क्युफिट सालका काठ अवैध रूपमा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुन्दरबजारबाट प्रहरी नायव निरीक्षक   पर्शुराम जोशीको नेतृत्वमा खटिएको पाँचजनाको टोलीले चेकजाँच गर्ने क्रममा  ग.१त ६३११ नम्बर र लु.३त ६८४६ नम्बरको ट्याक्टरमा अवैध काठ भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।

प्रहरीले बरामद गरेकाे काठ र ट्याक्टर आवश्यक कारबाहीका लागि सवडिभिजन वन कार्यालय सुन्दरबजार बुझाइएकोे डिएसपी थापाले बताए । अवैध तरिकाले काठ ओसारपसार गरेको देखिएमा वन ऐनअन्तर्गत कारबाही हुने सवडिभिजन वन कार्यालय  सुन्दरबजारले जनाएको छ ।