मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२०७७ असोज ११ आइतबार १८:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुडिरहेको ट्रयाक्टरबाट खसेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
२०७७ असोज ११ आइतबार १८:५०:००

ताप्लेजुङमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्र श्रेष्ठका अनुसार मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका– ७ बहानन्दे सडकखण्डमा ना.६त ३००० नम्बरको ट्रयाक्टरबाट खसेर स्थानीय २७ वर्षीय दीपेन्द्र ओख्राबु लिम्बूको मृत्यु भएको छ ।

श्रेष्ठका अनुसार ट्रयाक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको थियो । 

यसैबीच, सदरमुकाम फुङलिङस्थित पराजुली चौकबाट वीरेन्द्रचौकतर्फ जाँदै गरेको मे.१ज २५६४ नम्बरको बोलेरो जिपको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएकी छिन् । फुङलिङ नगरपालिका– ५ बस्ने ३५ वर्षीया मञ्जु राई घाइते भएकी हुन् । उनी जिल्ला हुलाक कार्यालयमा कार्यरत छिन् । 

राईको टाउकोमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।