१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ असोज १० शनिबार १७:००:००
Read Time : > 1 मिनेट
अर्थ

भारतीय उद्योगपति अनिल अम्बानीले भने– मसँग अब एउटा कार मात्रै बाँकी छ

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज १० शनिबार १७:००:००

भारतको चर्चित कम्पनी रिलाइन्स समूहका मालिक अनिल अम्बानीले लन्डन कोर्टलाई पहिलोपटक जवाफ फर्काएका छन् । ऋणमा चुर्लुम्म डुबेका अम्बानीले भिडियो कन्फ्रेन्समार्फत लन्डन अदालतलाई आफूले सामान्य जीवन बिताइरहेको जानकारी दिएका छन् । घरमा एउटा मात्र कार रहेको र वकिलको फिस तिर्न गहना बेचेको उनले अदालतलाई बताएका छन् । 
व्यापारको सिलसिलामा अम्बानीले केही समयअघि चीनको ठूलो बैंकसँग ऋण लिएका थिए । उनले इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाको मुम्बई शाखा, चाइना डेभलभेन्ट बैंक र एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइनाबाट ऋण लिएका थिए ।

यो तीनवटै बैंकबाट अम्बानीले कर्पोरेट लोन लिएका थिए । रिलाइन्स कम्पनी चिनियाँ बैंकलाई लोन चुक्ता गर्न असमर्थ भयो । कम्पनीले लोन लिँदा अनिल अम्बानी नै ‘ग्यारेन्टी’ बसेका थिए । रिलाइन्स कम्पनीका तर्फबाट ग्यारेन्टी बसेका कारण नै अहिले चिनियाँ बैंकले लन्डनको उच्च अदालतमा अनिलविरुद्ध मुद्दा चलाएको हो । 

यसअघि लन्डन उच्च अदालतले २२ मेमा अम्बानीलाई ७१ करोड डलर चुक्ता गर्न अन्तरिम आदेश दिएको थियो । अम्बानीलाई लन्डन अदालतको कानुनी प्रक्रियामा समेत सात करोड भारु तिर्न भनिएको छ । अम्बानीले अदालतलाई तिर्नुपर्ने दस्तुरसमेत तिर्न सकेका छैनन् । त्यसपछि चिनियाँ कम्पनीले १५ जुनमा अम्बानीको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै लण्डन अदालतमा पुनः रिट दायर गरेको हो । सोहीअनुसार अदाललते अम्बानीलाई तत्कालै सम्पत्ति देखाउन भन्यो । अम्बानीले २९ जुनसम्म सबै जानकारी दिने वचन दिए । अदालत र चिनियाँ कम्पनीलाई अम्बानीले संसारभर भएका आफ्नो सम्पत्ति विवरण बुझाउने आश्वासन दिएका थिए । पछि उनले सम्पत्ति संयुक्त रहेको जनाए ।

भिडियोमार्फत अदालतलाई सबै जानकारी दिएका अम्बानीले यसै जुनमा आफूले घरका सबै गरगहना बेचेर नौ करोड ९० लाख भारु आर्जन गरेको जानकारी दिए । यो रकम पनि वकिलको पारिश्रमिक तिर्नमा खर्च भएको उनको भनाइ छ ।

अदाललते घरमा भएको रोल्स रोयल्स कारबारे पनि सोधेको थियो । उनले यो केवल हल्ला मात्रै भएको बताए । ‘मसँग रोल्स रोयल्स कार छैन, अहिले एउटा सामान्य कार मात्र छ,’ अम्बानीले भने, ‘अहिले मेरो खर्च परिवारले उठाइरहेको छ ।’ अम्बानीले अहिले आफ्नो नाममा केवल एक लाख १० हजार डलरको पेन्टिङ मात्र रहेको बताएका छन् ।