१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ८ बिहीबार ०७:३४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चायापोतो भएको अनुहारमा यसरी गर्ने मेकअप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ८ बिहीबार ०७:३४:००

छबु कार्की, सौन्दर्यविद्

पछिल्लो समय व्यक्तिको सौन्दर्यलाई व्यक्तित्वसँग जोडेर हेर्न थालिएकाले मेकअपको महत्व बढेको छ । मेकअपको परिभाषा पनि समयअनुसार परिवर्तन हुँदै गइरहेको छ । अव्यवस्थित जीवनशैली, खानपान र वातावरणका कारण छालामा पर्न सक्ने असरबाट जोगाउनसमेत मेकअपको आवश्यकता देखिन थालेको छ । खासगरी एजिङ अर्थात् छालामा चाउरीपना, दाग वा अन्य समस्याबाट बच्न र व्यक्तित्वमा निखार ल्याउन विज्ञको सल्लाहमा सौन्दर्य प्रसाधनका सामग्री प्रयोगमा ल्याउन सकिन्छ । 

सामान्यतः चाडपर्व र विवाहको मौसममा अधिकांशले मेकअपलाई अझ बढी प्राथमिकता दिएको पाइन्छ । तर, छाला स्वस्थ नहुँदा कतिपय अवस्थामा मेकअपले छाला थप बिग्रन सक्छ । 

चायापोतो वा अन्य समस्या भएको छालामा मेकअप गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । सामान्य मेकअपबाट पनि चायापोतो हटाएर सुन्दर देखिन सकिन्छ । छालालाई असर नपर्ने खालको प्रसाधनको प्रयोगबाट घरमा स्वयंले मेकअप गर्न सकिन्छ । सामान्य लुक्सका लागि कुनै विशेष कोर्सको आवश्यकता हुँदैन । 

मेकअप गर्नुभन्दा अगाडि सफा पानीले अनुहार धुनुपर्छ । अनुहारमा क्रमशः मोस्चराइजर वा सनब्लक र टोनरको प्रयोग गर्नुपर्छ । जस्तोसुकै मेकअप गर्दा पनि सुरुवातमा मोस्चराइजर वा सनब्लकको अनिवार्य प्रयोग गर्नुपर्छ । यसले छालामा हुने क्षति कम गर्छ । अनुहारको जुनजुन भागमा चायापोतो वा दाग छ, त्यस भागमा छालाको सेडभन्दा एक सेड डार्क अथवा सुन्तला रंगको कन्सिलर प्रयोग गर्नुपर्छ । यसको प्रयोग ड्याबिड मोसन अर्थात् हलुका गरी हातले थपथपाउँदै लगाउनुपर्छ । 

फाउन्डेसनको प्रयोग छालाको रंगअनुसार गर्नुपर्छ, ता कि मेकअप भद्दा नदेखियोस् । साथै, पहिले प्रयोग गरेको कन्सिलर बिग्रन नदिन अनुहार बिस्तारै फाउन्डेसन लगाउनुपर्छ । अनुहार थप गोरो बनाउने इच्छा भएमा फाउन्डेसनपछि आफ्नो स्किन टोनभन्दा एक सेड लाइट रंगको फाउन्डेसन हलुका गरी पूरै अनुहारमा लगाउन सकिन्छ ।

अनुहारलाई कुनै आकारजस्तै ओभल सेप दिने इच्छा भएमा थोरै डार्क सेड कन्सिलर गालामा, जलाइनमा, निधारमा र नाकमा सेप दिन सकिन्छ । यसमाथि हलुका ब्रसको सहयोगले पाउडर टचअप गर्न सकिन्छ । अनुहारमा चायापोतो भएको व्यक्तिले सकेसम्म टल्किने खालको प्रसाधनका सामग्रीहरू प्रयोग गर्नुहुँदैन । किनकि यस्ता सामान प्रयोग गर्दा चायापोतो झन् देखिन्छ, भने कतिपय सामानले छालामा असर पनि पार्न सक्छ ।